डा. सी. के. राउत र अरू मधेशी नेतामा फरक

 

१-डा. सी. के. राउतसँग पदको लालच छैन, आफैं उपप्रधानमन्त्री/मन्त्री बनेन अरूलाई बनाए

अरू अध्यक्ष/नेता ४/५ देखि २० पटकसम्म मन्त्री बनेका छन्, जहिले पनि आफैं मन्त्री बन्न तम्सिन्छन्

 

२-डा. सी. के. राउतले सांसद जनसम्पर्क कार्यालय खोलेर जनतालाई सेवा दिए

अरू अध्यक्ष/नेता जिते पछि फर्केर जाँदैनन्, जनताको सम्पर्कमै आउँदैनन्

 

३-डा. सी. के. राउतले जनगुनासो पेटिका राखेर जनताको समस्या बुझे र समाधान गरे

अरू अध्यक्ष/नेता जिते पछि आम जनतासँग कुरा पनि गर्दैनन्

 

४-डा. सी. के. राउत सँधै जनताको बीचमा रहे चाहे बाढी, आगजनी, शीतलहर होस्

अरू अध्यक्ष/नेता बाढी, आगजनी, शीतलहरमा कहीं कतै देखिँदैनन्

 

५-डा. सी. के. राउत हरेक वर्ष घरदैलो / दलान-दलिल कार्यक्रम गर्छन्

अरू अध्यक्ष/नेता जितेर गए देखि जनतामा जाँदैनन्

 

६-डा. सी. के. राउतले जनतासँगै विकास योजना माँगे र पूरा गर्न लागे

अरू अध्यक्ष/नेता जनतासँग कहिले सोध्दैनन्

 

७-डा. सी. के. राउतले सप्तरी-२ मा ६०० भन्दा बढी विकासे योजना ल्याए

अरू अध्यक्ष/नेता ४-५ पटक जित्दा पनि जनताको खासै कुनै योजना लगेनन्

 

८-डा. सी. के. राउतले मधेशलाई ७० भन्दा बढी गौरवका योजना दिए

अरू अध्यक्ष/नेतासँग आफू जित्ने बाहेक मधेशको लागि कुनै भिजन नै छैन

 

९-डा. सी. के. राउतले School of AI & Robotics, Space Center आदि खोलेर मधेशलाई आधुनिक युगसम्म पुर्याए

अरू अध्यक्ष/नेताले जंगली युगमा पुर्‍याएर जंगल राज कायम गरे

 

१०-डा. सी. के. राउतले रंगभेद विरुद्ध काठमाडौंमा सभा गरेर आन्दोलन छेडे

अरू अध्यक्ष/नेता रंगभेद विरुद्ध कहिले बोल्दैनन्, केही गर्दैनन्

 

११-डा. सी. के. राउतले धोती रैली गरेर काठमाडौंमा मधेशीको सशक्तीकरण गरे

अरू अध्यक्ष/नेतासँग त्यस्तो केही गर्ने आँट र भिजन छैन

 

१२-डा. सी. के. राउतले देशमा नै हलचल मचाउने खालका संसदमा अनेकौं मन्तव्य दिए

अरू अध्यक्ष/नेता बोल्दैनन्, बोले पनि उनका महत्वहीन कुरा कसैले वास्ता गर्दैनन्

 

१३-डा. सी. के. राउतले संसदमा आम-जनताको सरोकारको मुद्दा सँधै उठाइरहे

अरू अध्यक्ष/नेतालाई कुनै मतलब हुँदैन

 

१४-डा. सी. के. राउत विद्वान, सभ्य र प्रतिष्ठित तथा अन्तर्राष्ट्रिय स्तरको नेता हुन् जसको भाषण छापिएर पनि पढिन्छ

अरू अध्यक्ष/नेता अनपढ र असभ्य छवि बनाउँछन् जसले गर्दा सबै मधेशीलाई बदनाम गर्ने ‘मीम’ मात्रै बन्छ

 

१५-डा. सी. के. राउतले मधेशी नेता लोभी हुँदैनन् भन्ने साबित गरेर सबै मधेशीलाई गौरवान्वित गरे

अरू अध्यक्ष/नेता मधेशी नेताहरू पदको लालची, भ्रष्ट र लोभी हुन्छन् भनेर स्थापित गरेर मधेशीलाई बदनाम गरे

 

१६-डा. सी. के. राउतले मधेशीको शान र इज्जत बढाए; मधेशमा पनि यस्तो विद्वान, स्वच्छ र निस्वार्थ नेता छ भनेर अरूले पनि भने

अरू अध्यक्ष/नेता मधेशी नेताहरू अनपढ, भ्रष्ट र गुलाम चरित्रका हुन्छन् भने साबित गरे

 

१७-डा. सी. के. राउत आफैं युवावस्थामा सबै कुरा त्यागेर मधेशको नेतृत्व सम्भाले र युवालाई राजनीतिमा आउन प्रेरित गरे

अरू अध्यक्ष/नेता ७०-८० वर्षको भइसके, राम्ररी बोल्न हिँडन सक्दैनन् तैपनि अध्यक्ष बनेर ३०-४० वर्षदेखि बसिरहेका छन्

 

१८-डा. सी. के. राउत सांसारिक मोहमायाबाट टाढा रहन सन्यास ग्रहण गरेका सन्यासी र आध्यात्मिक साधनामा अग्रसर व्यक्ति हुन्

अरू अध्यक्ष/नेता सांसारिक मोह मायाजालमा फँसेका व्यक्तिहरू छन्

 

१९-डा. सी. के. राउतले संसदको पहिलो बैठकमा नै मधेशी भाषामा सपथ लिएर पहिचान स्थापित गरे

अरू अध्यक्ष/नेतासँग त्यस्तो केही गर्ने भिजन र आँट छैन

 

२०-डा. सी. के. राउतले मधेशलाई UN,UNPO,ICAPP आदि अन्तरराष्ट्रिय मंचमा स्थापित गरे

अरू अध्यक्ष/नेतासँग त्यस्तो केही गर्ने भिजन र आँट छैन

 

२१-डा. सी. के. राउतले मधेशका इतिहास लेखेर प्रचार गरी सदाका लागि स्थापित गरे

अरू अध्यक्ष/नेतालाई मतलब छैन

 

२२-डा. सी. के. राउतले १० दिने आमरण अनशन र अहिंसात्मक आन्दोलन गरी अन्तरराष्ट्रिय मञ्चमा मधेश आन्दोलनलाई ऊँचाई दिए

अरू अध्यक्ष/नेता विभिन्न समयमा हत्या-हिंसा र सशस्त्र समूहलाई प्रश्रय दिँदा मधेशमा सशस्र प्रहरी, सेना व्यापक परिचालित भई सैकडौं गैरन्यायिक हत्या र धरपकड भयो

 

२३-डा. सी. के. राउतले काठमाडौंमा रंगभेद विरुद्धको सभा गरी रंगभेदको मुद्दा स्थापित गरे

अरू अध्यक्ष/नेतालाई केही मतलब छैन

 

२४-डा. सी. के. राउतले माघ ५ गते संसदलाई इतिहासमै प्रथम पटक मधेशी शहीद प्रति श्रद्धाञ्जली व्यक्त गर्न लगाए

अरू अध्यक्ष/नेतालाई केही मतलब छैन

 

२५-डा. सी. के. राउतले संसदमा रंगभेद विरुद्ध गैरसरकारी (निजी) विधेयक दर्ता गराए

अरू अध्यक्ष/नेतालाई केही मतलब छैन

 

२६-डा. सी. के. राउतले संसदमा रंगभेद विरुद्ध संकल्प प्रस्ताव दर्ता

अरू अध्यक्ष/नेतालाई केही मतलब छैन

 

२७-डा. सी. के. राउतले सरकारद्वारा मधेशको लागि पर्याप्त बजेट नदिँदा विपक्षमा मतदान गरे

अरू अध्यक्ष/नेतालाई केही मतलब छैन

 

२८-डा. सी. के. राउतले संसदीय समितिबाट निर्वाचन क्षेत्रको विकासे योजना अनुगमन गराएर पूरा गराए

अरू अध्यक्ष/नेतालाई कुनै मतलब छैन र कहिले अनुगमन समेत गरेनन्

 

२९-डा. सी. के. राउतले सामुदायिक समाजवाद र नौलो गणतन्त्रको राजनैतिक सिद्धान्त प्रतिपादन गरे

अरू अध्यक्ष/नेताको विचारमा केही नयाँपन छैन, कसैले काँग्रेस त कसैले कम्युनिष्टको विचारधारा लिएर मधेशमा विस्तार गरे।

 

३०-डा. सी. के. राउतले काठमाडौंमा सभा गरी नौलो गणतन्त्रको उद्घोष गर्दै समग्र देशलाई नै अगाडिको बाटो देखाए

अरू अध्यक्ष/नेतासँग त्यस्तो राजनैतिक दर्शन र भिजन नै छैन

 

३१-डा. सी. के. राउतले आफ्नो टाउको फुटाए र खुट्टा भाँचे तर कुनै जनताको क्षति हुन दिएनन्

अरू अध्यक्ष/नेताले मधेश आन्दोलनमा ११७ जना शहीद भए र हजारौं अंगभंग भए

 

३२-डा. सी. के. राउतले जेन-जी आन्दोलन हुँदा राजीनामा दिए, आन्दोलनकारीलाई सही बाटो देखाए र अधिकार रक्षा गर्न बोले

अरू अध्यक्ष/नेता सांसद र मन्त्री पदमा अन्तिमसम्म टाँसेर बसिरहे र अधिकार खोसिन लाग्दा पनि चुइँक्क बोलेनन्

 

३३-डा. सी. के. राउतले जेन-जी आन्दोलनको घाइतेलाई भेट्न गए, आन्दोलनकारीलाई मधेशीको अधिकार विरुद्ध नजान कन्भिन्स गरे

अरू अध्यक्ष/नेता लुकेर बसे, मधेशीले पाएको संघीयता, पहिचान र अधिकार खोसिन लाग्दा पनि चुइक्क बोलेनन्

 

३४-डा. सी. के. राउतले जनतालाई जहिले पनि ढोगे, प्रणाम गरे र सम्मान दिए

अरू अध्यक्ष/नेता जनताको नमस्कार समेत नफर्काउने गरी अहंकारी भए

 

३५-डा. सी. के. राउतले आम जनता, धनी गरीब सबैसँग भेटे र सबैलाई स्थान सम्मान दिए

अरू अध्यक्ष/नेता एजेन्ट र धनीमानीलाई मात्रै चिने र उनीहरूकहाँ मात्रै गए

 

३६-डा. सी. के. राउत आम जनताको बीचबाट उठेका हुन्, कुनै सामन्त, शोषक र दमन गर्ने बाहुबली परिवारबाट होइन

अरू अध्यक्ष/नेता सामन्ती, दमनकारी वा बाहुवली पृष्टभूमिका छन्

 

३७-डा. सी. के. राउतले क्यामब्रिज विश्वविद्यालय जस्तो प्रतिष्ठित ठाउँबाट PhD गरेर सबैलाई गौरव अनुभूति गराउने नेत्तृत्व दिए (डा. सी. के. राउत ‘गोल्ड मेडलिस्ट’ हुन्)

अरू अध्यक्ष/नेता प्रायः बिहारबाट डिग्री लिएर बदनाम गरेका छन्

 

३८-डा. सी. के. राउत अक्सफोर्ड र हार्वड विश्वविद्यालय समेतले मानेका र लेक्चर दिन बोलाएका विद्वान हुन्

अरू अध्यक्ष/नेताको विश्वमा कुनै पहिचान छैन

 

३९-डा. सी. के. राउतले वरिष्ठ वैज्ञानिकको रूपमा अमेरिकामा काम गर्दै आएका थिए

अरू अध्यक्ष/नेता अरू ठूलो काम नपाएर राजीनीतिमा छिरेका जस्ता देखिए

 

४०-डा. सी. के. राउत अमेरिकामा पैसा कमाउँदै करोडपति भइसके पछि राजनीतिमा आए र आफ्नो सर्वस्व लूटाए

अरू अध्यक्ष/नेता पैसा कमाउन नै राजीनीतिमा छिरेका जस्ता देखिए

 

४१-डा. सी. के. राउतले मातृभूमिका लागि ज्यान आहुति दिन आन्दोलन छेडे

अरू अध्यक्ष/नेता अरू पार्टीमा अवसर नपाए पछि पार्टी खोले, पार्टी फोडे वा मौकामा चौका हाने

 

४२-डा. सी. के. राउतले मधेश आन्दोलन र मधेशवादलाई सदैव अगाडि बढाए, सम्मान दिए

अरू अध्यक्ष/नेता आन्दोलन बेला ‘मधेश आन्दोलन तो पानी का बुलबुला है, खत्म हो जायेगा’ वा ‘मधेशवाद भन्ने कुरा हुँदै हुँदैन’ भनिरहे

 

४३-डा. सी. के. राउत किसान, मजदूर, गरीब, निमुखा, अल्पसंख्यक, दलित सबैको अधिकारका लागि आन्दोलन गर्दै आए

अरू अध्यक्ष/नेता आम-जनताको सरोकारको लागि कहिले कुनै आन्दोलन गरेनन्

 

४४-डा. सी. के. राउत आफैं २४ पटक जेलनेल गए र अनेकौं यातना सहे

अरू अध्यक्ष/नेता जनतालाई यातना दिए र आफूले मौज गरेर बसे

 

४५-डा. सी. के. राउत १ सीट जित्दा पनि ऐतिहासिक काम गरेर रेकर्ड कायम गरे

अरू अध्यक्ष/नेता ५४ सीट र २१ सीट जित्दा पनि कुनै माग पूरा गरेनन् उल्टा मधेशलाई ५-७ टुक्रामा बाँटिदिए

 

४६-डा. सी. के. राउतको आन्दोलनमा कुनै पनि बलिदानी नहुँदा पनि मधेशको हित स्थापित गरे

अरू अध्यक्ष/नेताको लागि मेचीदेखि महाकाली पूरै उठदा, ५ महिना नाकाबंदी हुँदा र ११७ बलिदानी हुँदा पनि कुनै माग पूरा गराएनन्, केवल आफू सरकारमा गएर मन्त्री बन्ने बाहेक।

 

४७-डा. सी. के. राउतले आफ्नो साढे दुई वर्षको निर्वाचित अवधिमा नै जनताको हजारौं काम गरे

अरू अध्यक्ष/नेता ४-४ पटक जित्दा, २०औं वर्ष सांसद हुँदा पनि खासै केही काम गरेनन्

 

४८-डा. सी. के. राउत सबै जातजातिका साझा नेताको रूपमा स्थापित भई सबैको आशा र भरोसाको केन्द्र बने

अरू अध्यक्ष/नेता जातिगत राजनीति गर्ने, जातिगत आक्रमण गर्ने र घेराबन्दी गर्ने सिमित नेता बने

 

४९-डा. सी. के. राउत सबै पार्टीका समर्थकहरूलाई सम्मान गर्ने र सबैलाई समान रूपमा सेवा दिने नेताको रूपमा स्थापित भए

अरू अध्यक्ष/नेता अरू पार्टीका कार्यकर्ताहरूमाथि दमन र आक्रमण गराउने, प्रहरीद्वारा पक्राऊ गराउने, राम मनोहर यादवको हत्या गराइदिने भए।

 

५०-डा. सी. के. राउतले कसैको दबाबमा नआएर देश, मधेश र जनताको हितमा सँधै निर्णय गरे

अरू अध्यक्ष/नेता कसैको लोभ, दबाब र धम्कीमा परेर अन्यथा गरिरहे

 

५१-डा. सी. के. राउत एक्लै भए पनि सत्यसँगै उभिराखे र सबै नेतालाई सम्मान दिए (चुनाव हारेका उपेन्द्र यादव, राजेन्द्र महतोलाई समेत भेटेर आशीर्वाद लिए, महन्थ ठाकुरको सम्मानमा सँधै जहाँ पनि कुर्सी छाडिदिने गरे)

अरू अध्यक्ष/नेता डा. सी. के. राउतसहित प्रतिस्पर्धी नेता लाई अनेकौं मिडियाकर्मी, मान्छे र समूह लगाएर आक्रमण गराइ राखे, गलत समाचार छपाइराखे, बदनाम गरिराखे

 

५२-डा. सी. के. राउत अन्तराष्ट्रिय रूपमा सम्मानित नेताको रूपमा पहिचान बनाए र विदेशमा पनि भव्य स्वागत तथा सत्कार पाउने गरेका छन्

अरू अध्यक्ष/नेताले कतै कुनै अन्तराष्ट्रिय पहिचान बनाउन सकेनन्

 

५३-डा. सी. के. राउतले विदेशमा रहेका मधेशीहरूको लागि प्रखर रूपमा काम गरिरहे, संगठित गरिरहे र विदेशबाट हजारौंलाई उद्धार समेत गरे

अरू अध्यक्ष/नेता विदेशमा बस्नेले हामीलाई भोट दिँदैनन् भनेर यति वर्ष सत्तामा रहँदा, र पटक पटक श्रम मन्त्रालय पाउँदा समेत कुनै वास्ता गरेनन्

 

५४-डा. सी. के. राउतले मधेशी इतिहास र पहिचानलाई अन्तराष्ट्रियकरण गरे; विभिन्न विश्वविद्यालय र थिंकटैंकमा मधेश सम्बन्धी प्रशिक्षण र लेक्चर दिए

अरू अध्यक्ष/नेताहरू उताबाट भोट नआउने भएकोले कुनै चासो राखेनन्

 

५५-डा. सी. के. राउत त्यो व्यक्ति बने जोसँग नेपाली शासकवर्ग पनि डराए, डा. सी. के. राउतले आफ्नो छवि शेर जस्तै बनाए।

अरू अध्यक्ष/नेता यी मधेशी नेताहरू त हाम्रै मान्छे हुन्, एक-दुईवटा मन्त्रालय दिए आइहाल्छन् भन्दै घरपालुवा जस्तो छवि बनाए

 

५६-डा. सी. के. राउतलाई स्वराज आन्दोलनको क्रममा जन्मकैद माँगिदै दर्जनौं मुद्दा लगाए पनि, २४ पटक पक्राऊ गरेर हिरासत जेलमा बन्द गरे पनि, अनेकौं यातना दिए पनि, प्रहरीले टाउको फुटाइ र खुट्टा भाँचि दिए पनि ‘म यहीं मातृभूमि मै मर्छु अन्यत्र कतै जान्न’ भनेर मातृभूमिमै बसेर वीरताको प्रतीकको रूपमा कायम भई मधेशीहरू वीर हुन्छन् भनेर साबित गरे

अरू अध्यक्ष/नेतामाथि स-साना मुद्दा लाग्दा पनि डराएर छिमेकी मुलुकमा भागेर गई दशकौं उतै बसि दिएर मधेशी नेताहरू त डरपोक हुन्छन् भनेर साबित गर्दै मधेशीलाई बदनाम गरिरहे।

वीरताको अर्को नाम – डा. सी. के. राउत ! गौरवको अर्को नाम – डा. सी. के. राउत ! मधेशको स्वर्णिम युगको अर्को नाम – डा. सी. के. राउत

  • डा. सी. के. राउत आफैंमा एउटा स्वर्णिम युग हो,  ईश्वरको वरदान हो।